भारतको आसाम र मेघालयमा बाढीका कारण ३२ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको आसाम र मेघालयमा बाढीका कारण ३२ जनाको मृत्यु


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका उत्तरपूर्वी राज्यहरु आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर ३२ जनाको ज्यान गएको छ ।

आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।

आसामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको छ । आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । आसामका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ । यी जिल्लाहरुमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ ।

त्यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कत अपनाउन सूचना जारी गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ४३ बजे

एटलान्टा र बार्सिलोनाको खेल बराबरीमा सकियो

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको पहिलो चरणको अन्तिम खेलमा बार्सिलोना

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल माघ १७ गते बिहीबार माघ

आज २०८१ साल माघ १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल माघ १७ गते बिहीबार माघ

मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ : कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले

पहिचानवादीलाई वार्तामा आउन कोशी सरकारको आह्वान

विराटनगर – कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको