फाइल तस्वीर- श्रीलंका

अन्तर्राष्ट्रिय

श्रीलंकाको पेट्रोल पम्पमा गोली चल्यो

By खबरहब

June 19, 2022

काठमाडौँ- श्रीलंकाको सेनाले तेल भर्ने इन्धन स्टेसनमा दंगा नियन्त्रण गर्न गोली चलाएको छ । पेट्रोल र डिजेलको भिड नियन्त्रण गर्न सेनाले गोली चलाएको हो ।

शनिबार अबेर राजधानी कोलम्बोबाट ३६५ किलोमिटर उत्तरमा रहेको भिस्वामाडुमा सेनाले गोली चलाएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

सेनाको ‘सुरक्षा चौकी’ मा केही मानिसहरुको समूहले ढुंगा प्रहार गरेपछि हावामा गोली चलाउनु परेको सेनाले जनाएको छ ।

२० देखि ३० जनाको समूहले ढुंगा हानेर सेनाको ट्रकमा क्षति पुगेको बताइएको छ । तनाव नियन्त्रण गर्न सेनाले पहिलो पटक गोली चलाउँदा चार सर्वसाधारण र तीन सैनिक घाइते भएका प्रहरीले जनाएको छ ।

पम्पमा पेट्रोल सकिएपछि सवारी चालकहरूले विरोध गरेका थिए । झडप नियन्त्रणमा प्रहरीले गोली चलाएको थियो । श्रीलंका स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । देशले खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक वस्तुहरू आयात गर्न डलर पाउन असमर्थ छ ।

आर्थिक संकट बढिरहेका बेला सर्वसाधारणले राषट्रपतिको राजीनामा माग गर्दै आएका छन् ।