पटनाबाट दिल्लीका लागि उडेको विमानमा आगो लाग्यो, सबै यात्रु सुरक्षित « Khabarhub

पटनाबाट दिल्लीका लागि उडेको विमानमा आगो लाग्यो, सबै यात्रु सुरक्षित


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको बिहार राज्यको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानमा आगलागी भएको छ । विमानको बायाँ इन्जिनमा आगो लागेको अधिकारीले जनाएका छन् ।

विमानमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर एवम् भिडियोहरुमा विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको देख्न सकिन्छ ।

विमानचालकले विमानको इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन् । विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ ।

उक्त विमानमा विमानमा १८५ यात्रु सवार रहेको जनाइएको छ । घटनामा कुनै पनि मानवीय क्षति भने नभएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : २५ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित