इन्टरनेटमा मलाइकालाई चर्चामा ल्याउने तस्बिर  « Khabarhub

इन्टरनेटमा मलाइकालाई चर्चामा ल्याउने तस्बिर 


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड एक्ट्रेस मलाइका अरोरा पछिल्लो समय फिल्मी पर्दामा सक्रिय छैनन् । ‘मुन्नी बद्नाम हुइ’ गीतमा डान्स गरेर मुन्नीको उपनाम समेत पाएकी मलाइकाले आइटम डान्स गर्ने गर्छिन् ।

पछिल्लो समय रियालिटी शोमा व्यस्त भइरहेकी मलाइकालाई पछिल्लो समय उनको प्रेम जीवनले चर्चामा ल्याउने गर्छ । अभिनेता अर्जुन कपूरसँग अफेयरमा रहेकी मलाइका यसैको कारण प्राय चर्चामा आउने गर्छिन् ।

उनले अर्जुनसँग सम्बन्ध नजिक भएपछि अरबाज खानसँग छुटिने निर्णय लिएकी थिइन् । यिनै मलाइकालाई उनको ग्लामर छविले समेत चर्चामा ल्याउने गर्छ । उनको जिम , स्विम , क्लब गर्दाको तस्बिरले दर्शकको ध्यान तान्ने गरेको छ । यिनै मलाइकाले पछिल्लो समय सोसल मिडियामा सेयर गरेको तस्बिरले इन्टरनेटमा चर्चा पाइरहेको छ ।

४८ वर्षिया मलाइकाले फोटो सेयर गर्दै ,’स्विम’ लेखेकी छिन् । उनले तस्बिर सार्वजनिक गरेसँगै उनलाई ग्लामर छविले चर्चामा ल्याएको छ । उनको फिटनेसको चर्चा पनि उत्तिकै हुने गर्छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ३५ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित