नेता कार्यकर्तालाई नेपालको आग्रह : गठबन्धनको गीत गाउन बन्द गर्नुस् « Khabarhub

नेता कार्यकर्तालाई नेपालको आग्रह : गठबन्धनको गीत गाउन बन्द गर्नुस्


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई गठबन्धनको गीत गाउन बन्द गर्नुपर्ने बताएका छन् । आइतबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनबाटै सबै थोक हुन्छ भनेर गठबन्धनको मात्र गीत गाएर नहुने बताएका हुन्।

अध्यक्ष नेपालले आगामी मंसिरमा हुने प्रादेशिक तथा संघीय चुनावमा पार्टीले आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जोड दिनुपर्ने उल्लेख गरे।  गठबन्धनले सब थोक गरिदिन्छ भनेर नबसौँ, अध्यक्ष नेपालले भने, ‘ ७५३ वटै स्थानीय तहमा संगठन निर्माण गरी पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ, गठबन्धनको गीत गाउन बन्द गर्नुस्।’

अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा पनि पार्टीले सम्मानजनक मत पाएको बताए । महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख पद जितेको र विभिन्न गाउँपालिकाहरूमा अध्यक्ष पद जितेको बताउँदै उनले अझै सक्रिय भएर जनताको घरघरमा जान सके आगामी निर्वाचनमा महत्त्वपूर्ण मत पाउन सकिने बताए।

उनले मतदाताहरूलाई मतपत्र बारे राम्ररी बताउन नसक्दा पनि मत बदर भएको र पार्टीका उम्मेदवारले हार बेहोर्नुपरेको बताए।

अध्यक्ष नेपालले निर्वाचन आयोगका कारण पनि एकीकृत समाजवादीले पराजय भोग्नुपरेको बताए। मेयर, उपमेयर र अन्य पदका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने प्रतिबद्धता व्यक्त गरेको आयोगले अन्तिममा गएर धोका दिएको समेत उनले बताए।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ०० बजे

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण

सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक

कठोर सरकारबाट आशा नदेख्दा इन्द्रबहादुर र गणेशहरूले त्यागे जीवन

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले एक सय दिन पूरा