नेता कार्यकर्तालाई नेपालको आग्रह : गठबन्धनको गीत गाउन बन्द गर्नुस् | Khabarhub Khabarhub

नेता कार्यकर्तालाई नेपालको आग्रह : गठबन्धनको गीत गाउन बन्द गर्नुस्


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई गठबन्धनको गीत गाउन बन्द गर्नुपर्ने बताएका छन् । आइतबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनबाटै सबै थोक हुन्छ भनेर गठबन्धनको मात्र गीत गाएर नहुने बताएका हुन्।

अध्यक्ष नेपालले आगामी मंसिरमा हुने प्रादेशिक तथा संघीय चुनावमा पार्टीले आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जोड दिनुपर्ने उल्लेख गरे।  गठबन्धनले सब थोक गरिदिन्छ भनेर नबसौँ, अध्यक्ष नेपालले भने, ‘ ७५३ वटै स्थानीय तहमा संगठन निर्माण गरी पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ, गठबन्धनको गीत गाउन बन्द गर्नुस्।’

अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा पनि पार्टीले सम्मानजनक मत पाएको बताए । महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख पद जितेको र विभिन्न गाउँपालिकाहरूमा अध्यक्ष पद जितेको बताउँदै उनले अझै सक्रिय भएर जनताको घरघरमा जान सके आगामी निर्वाचनमा महत्त्वपूर्ण मत पाउन सकिने बताए।

उनले मतदाताहरूलाई मतपत्र बारे राम्ररी बताउन नसक्दा पनि मत बदर भएको र पार्टीका उम्मेदवारले हार बेहोर्नुपरेको बताए।

अध्यक्ष नेपालले निर्वाचन आयोगका कारण पनि एकीकृत समाजवादीले पराजय भोग्नुपरेको बताए। मेयर, उपमेयर र अन्य पदका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने प्रतिबद्धता व्यक्त गरेको आयोगले अन्तिममा गएर धोका दिएको समेत उनले बताए।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ०० बजे

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल