जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ « Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका-१ का ३५ वर्षीय उमाशङ्कर गिरी रहेका छन् ।

२०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठिक नभएकी २६ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।

घटनापछि उनी फरार रहेको र अहिले पक्राउ गरेर अदालत बुझाइएको प्रहरीले जनाएको छ । उनलाई आज प्रहरीले बिहान ११ बजे वीरगञ्ज-१ छपकैयाबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : २० बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले