लिचीबाट लोभलाग्दो आम्दानी « Khabarhub

लिचीबाट लोभलाग्दो आम्दानी


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले लिची खेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन् ।

रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका-२ खार्पा, रावाबेँसी गाउँपालिका–५ दुबेकोल र रावाबेँसी गाउँपालिका–६ हौंचुरका किसानले सिजनमा लिची विक्री गरेर आयआर्जन गर्ने गरेका छन् । बोटमै प्रतिदाना एक रुपैयाँमा बिक्री हुने लिचीबाट स्थानीयले प्रतिघर वार्षिक सरदर ६०र७० हजार आम्दानी लिने गरेका छन् ।

लिचीको आम्दानीले घर खर्च र सामान्य बचत गर्न पुगेको कुभिन्डे लांघालीचोकका प्रेमबहादुर राना मगरले बताए । जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिचीले बजारमा राम्रो भाउ पाउने गरेको छ । लिची बिक्रीबाट रावाबेँसीमा वार्षिक करोडौँको रकम भित्रिने गरेको छ ।

कुभिन्डेको डाँडागाउँ, माझगाउँ, दम्कु, हाचेका लगायतका गाउँ लिची उत्पादनका लागि प्रख्यात छ । नहुनेको पनि दुईरचार बोट लिची छन् । रावाबेँसीमा लिचीका एउटै बोटमा कम्तीमा १३ हजारदेखि २४र२५ हजार दाना फल्ने गरेको छ । धेरैजसो लिची स्थानीयले बोटबाटै ठगेर बिक्री गर्न बजारमा लैजाने गरेका छन् । लिचीको झुप्पा दिक्तेल बजार, बाक्सिला, ऐसेलुखर्क बजार पुग्ने गरेको छ ।

कृषक आफैले पनि डोकोमा बोकेर लिची बजार पुर्‍याउने गरेका छन् । कतिपय लिची व्यापार तथा कोसेलीका रूपमा काठमाडौंसम्म पुग्ने गरेको छ । तर पछिल्लो समय कच्ची सडक बनेसँगै किसानले गाउँकै सडकमा लगेर लिची बिक्री गर्ने गरेका छन् । हाटबजारमा स्थानमा डोकाकोडोका लिची बिक्री गर्न राखिएको देखिन्छ ।

लिची पाक्ने सिजन सुरु भएसँगै दिक्तेल बजारमा ढोकोभरि लिची बिक्री गर्न आउने महिला र पुरुषको भीड लाग्ने गरेको छ । यस बाहेक विभिन्न सभा, समारोह लगायतका कारण जमघट हुने ठाउँमा समेत लिचीले बजार लिने गरेको छ । जिल्लाका २४८ हेक्टर क्षेत्रफल लिची उत्पादनका लागि योग्य मानिन्छ । सल्ले, अर्खौले, खाल्ले, डम्बर्खु शिवालय, मात्तिम, रतन्छा, बुईपा, इन्द्रेणीपोखरी, बतासे, दुबेकोल, छोरम्बु, डुम्रेधारापानी, चिकुवा लगायतका किसानले समेत लिची खेती लगाउन थालेका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : ३३ बजे

आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार