सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थाले | Khabarhub Khabarhub

सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थाले


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिङ्गापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ । सिंगापुरले आइतबार थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो ।

यससँगै त्यहाँ कूल सङ्क्रमितको सङ्ख्या १३ लाख ६७ हजार ७६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पीसीआर परीक्षणबाट २९८ र एन्टिजेन (एआरटी) परीक्षणद्वारा दुई हजार ९०१ व्यक्तिमा सङ्क्रमण पुष्टि गरिएको हो ।

पुष्टि भएकामध्ये करिब २९९ जना विदेशबाट सङ्क्रमित भइ आएका र बाँकी सबै आन्तरिकपमा सङ्क्रमित भएका बताइएको छ ।

हल्का लक्षणहरू भएका र कम जोखिम भएको आकलन गरिएका उनीहरूले चिकित्सकको सल्लाहमा उपचार सेवा लिइरहेका छन् । सङ्क्रमितमध्ये जटिल समस्या भटिएका आठ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ ।

त्यहाँ कोभिड–१९ सङ्क्रमणका कारण थप एक जना बिरामीको मृत्यु भएको छ भने यससँगै कोभिडबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ४१ बजे

१९ खर्ब ११ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति 

काठमाडौं– नेपालमा विदेशी मुद्रा सञ्चिति १९ खर्ब ११ अर्ब पुगेको

नेपालको वैदेशिक व्यापारमा निरन्तर गिरावट

काठमाडौं– नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिँदै गएको छ । चालु

शवदाह मेशिनमा भ्रष्टाचार आरोप लागेपछि सुदनले मागे छानबिन समिति

काठमाडौं-पशुपति क्षेत्र परिसरमा नि:शुल्क शव दहनका लागि किनिएका मेशिनमा भ्रष्टाचार

नैनसिंह महरकाे तर्क- सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै

रविलाई संसद्‍मा घेरेका गगन र शेखर थप रणनीति बनाउँदै

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा घेराबन्दी गरेका नेपाली