नेपाली सेनाद्वारा कैलालीको ऐतिहासिक किल्ला पुनर्निर्माण « Khabarhub

नेपाली सेनाद्वारा कैलालीको ऐतिहासिक किल्ला पुनर्निर्माण


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपाली सेनाले कैलालीमा जीर्ण बनेका ऐतिहासिक किल्ला पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका-१२ मा पर्ने ऐतिहासिक तारागढी र ताराकोट किल्लाको पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको हो । अंग्रेजहरूसँग लडाइ हुँदा राजाका सेनाहरू उक्त गढीमा आश्रय लिएर लडेका थिए । तर ती गढीको पुनर्निर्माण नहुँदा जीर्ण बनेका थिए ।

१६ लाख बढी लागतमा निर्माण गरिएको तारागढी र ताराकोट गढी आइतबार गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट मार्फत स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । आइतबार उक्त किल्ला उद्घाटन कार्यक्रम आयोजना गर्दै स्थानीय तहलाई हस्तान्तरण गरिएको देवी दल गण तेघरी अत्तरियाले जनाएको छ ।

कार्यक्रममा देवी दल गणका गणपति सुनिल मल्ल, गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट , वडा नम्बर १२ का वडा अध्यक्ष भीम खड्का, वडा नम्बर १० का वडा अध्यक्ष रवीन्द्र शाही, वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमसिं बडैला लगायतका जनप्रतिनिधि र सेनाका अन्य उच्च अधिकारीहरूको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ४९ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग