सर्लाहीमा लाखौं रकमसहित ६ जना जुवाडे पक्राउ « Khabarhub

सर्लाहीमा लाखौं रकमसहित ६ जना जुवाडे पक्राउ


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको हो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ । तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण र उनीहरूको साथबाट बरामद भएको रकम सार्वजनिक गर्न आलटाल गरिरहेको छ ।

प्रहरीले लामो समय देखी जुवा खाल सञ्चालन भइरहेको सुराकीको आधारमा छापा मारेको थियो । पक्राउ परेका ६ जनाको विवरण र बरामद पैसाकोसमेत मुचुल्का तयार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिए । पक्राउ परेकालाई छुटाउने विषयमा दबाब सुरु भइसकेको एक प्रहरीले जानकारी दिए ।

स्थानीयका अनुसार उक्त घरमा लामो समयदेखि जुवा सञ्चालन हुँदै आएको थियो । पक्राउ परेका जुवाडेलाई अहिले इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा राखेर सोधपुछ गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ३१ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै