सिंगापुरमा कोभिड–१९ सङ्क्रमित पुनः बढ्न थाले « Khabarhub

सिंगापुरमा कोभिड–१९ सङ्क्रमित पुनः बढ्न थाले


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगापुर– सिंगापुरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ ।

सिंगापुरले आइतबार थप तीन हजार १९९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको हो ।

यससँगै यहाँ कूल सङ्क्रमितको सङ्ख्या १३ लाख ६७ हजार ७६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पीसीआर परीक्षणबाट २९८ र एन्टिजेन (एआरटी) परीक्षणद्वारा दुई हजार ९०१ व्यक्तिमा सङ्क्रमण पुष्टि गरिएको हो ।

पुष्टि भएकामध्ये करिब २९९ जना विदेशबाट सङ्क्रमित भइ आएका र बाँकी सबै आन्तरिकपमा सङ्क्रमित भएका बताइएको छ ।

हल्का लक्षणहरू भएका र कम जोखिम भएको आकलन गरिएका उनीहरूले चिकित्सकको सल्लाहमा उपचार सेवा लिइरहेका छन् । सङ्क्रमितमध्ये जटिल समस्या भटिएका आठ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ ।

यहाँ कोभिड–१९ सङ्क्रमणका कारण थप एक जना बिरामीको मृत्यु भएको छ भने यससँगै कोभिडबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ३१ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य