श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक « Khabarhub

श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ। तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो।

अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन्।

आइतबार भएको एउटा सर्वदलीय बैठकमा डीएमके र एआईएडीएमकेले सात दशकमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छिमेकी देशको संकटमा भारतले हस्तक्षेप गर्न माग गरेको थियो।

विभिन्न च्यानलमार्फत सहायता पठाउनु बाहेक भारतले अहिलेसम्म संकटमा भारतले प्रत्यक्ष हस्तक्षेप गरेको छैन्। भारतले श्रीलंकालाई प्रजातन्त्र, स्थायित्व र आर्थिक पुनरुत्थानका लागि सहयोग गरिरहने बचन दिएको छ।

गत साता चर्को विरोधबीच गोटावाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे संकटग्रस्त देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त भएका थिए। श्रीलंकाको संसदले बुधबार नयाँ राष्ट्रपति चयन गर्ने भएको छ।

श्रीलंकाको विरोध आन्दोलन आइतबार सयौँ दिनमा पुगेको छ। प्रदर्शनकारीहरूले देशको आर्थिक उथलपुथलको लागि राजापाक्षे परिवारलाई दोष लगाउँदै आएका छन्।

देशका २ करोड २० लाख मानिसहरूलाई खाना, इन्धन र औषधिको अभाव झेल्न बाध्य छन्।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : ०९ बजे

पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै

काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन – हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको

प्रतिनिधिसभा निर्वाचन : एक मतदातास्थल र १८ केन्द्र थप गरियो

रौतहट – आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित

मध्यरातमा बालेन र रविलाई सुधनको चेतावनी : कुलमानलाई बाहिर राखेर एकता गरेको कि भ्रम छरेको ?

काठमाडौं – जेनजी अगुवा सुधन गुरुङले रवि लामिछाने र बालेन्द्र

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई