प्रकाश ट्रेलर : शिक्षित युवाको शिक्षक बन्ने संघर्ष (भिडियो) « Khabarhub

प्रकाश ट्रेलर : शिक्षित युवाको शिक्षक बन्ने संघर्ष (भिडियो)


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक गरिएको छ । ‘प्रेम गीत’ मार्फत अभिनेताको रूपमा स्थापित बनेका प्रदीप यसपटक प्रकाश बनेका छन् ।अघिल्लो फिल्महरुमा उस्तै भूमिकामा बाहिरी आवरण मात्र परिवर्तन गरिरहेका उनले यसपटक भने आफूलाई परिवर्तन गरेका छन् । समकालीन चकलेटी अनुहारहरू अनमोल केसी, पल शाह, धिरज मगर, सलिन मान बनियालाई स्टारडम बढाएता पनि अभिनय गर्न नसकेको आरोप लागिरहँदा प्रदीप आफ्नो स्टारडमको छायाँबाट चरित्रलाई बाहिर ल्याउन प्रयत्नशील छन् ।

यसपटक प्रदीप आफ्नो प्रेमको अवतार भन्दा भिन्न छन् । प्राय चकलेटी लुक्समा देखिँदै आइरहेका प्रदीप यसमा भने फरक छन् ।स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यसपटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको संवत पहिलो हो ।

फिल्ममा अभिनय गर्न भनौँ वा प्रकाश बन्न उनले डेब्यु कलाकार झैँ संघर्ष गरेका छन् । उनले क्यारेक्टरको लागि अडिसन दिए , क्यारेक्टर बाच्न रंगकर्मी अनुप बरालसँग प्रशिक्षण लिए । किनकि उनलाई कथा मन परेको थियो । ‘मैले यसको वान लाइन सुन्दा नै मन छोयो । किनकि एउटा द्वन्द्वलाई हामीले भोगिसकेका छौँ । तर , हामीले त्यो द्वन्द्वपछि भोगिरहेको पिडाले कतै अर्को द्वन्द्व त निम्त्याउँदैन ? भन्ने प्रश्न फिल्मले गर्छ’ प्रदीपले भने । उनले आफू अभिनेता बन्न सक्ने मौकालाई अवसरको रूपमा लिँदै स्वीकारेको बताए ।

फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए । फिल्ममा प्रदीपले जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले मानसिक रूपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेका थिए ।

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्म माओवादी युद्धमा सहभागी बेपत्ता परिवारको कथा देखाउँछ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ०६ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।