ट्राफिक नियम उल्लंघन गर्नेबाट दुई करोड राजस्व संकलन  « Khabarhub

ट्राफिक नियम उल्लंघन गर्नेबाट दुई करोड राजस्व संकलन 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले दुई करोड ११ लाख ८१ हजार ५०० राजस्व संकलन गरेको हो ।  

गत आर्थिक वर्षमा मा ३१ हजार १९३ चालकलाई कारबाही गरिएको प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताए । जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका उनले बताए । विसं २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म ११ हजार ७५३ वटा ट्रक चालक कारबाहीमा परेका थिए । 

ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत ८४ लाख १५ हजार ५०० राजस्व संकलन गर्न सफल भएको थापाले जानकारी दिए । त्यस्तै सोही अवधिमा ११ हजार ७१ मोटरसाइकल चालक कारबाहीमा पर्दा ७७ लाख ५६ हजार ५०० र दुई हजार ११२ यात्रुवाहक बसलाई कारबाही गर्दा रु १२ लाख ८१ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक थापाले बताए । 

चार हजार ४१४ हलुका सवारी साधन (जीप, कार तथा भ्यान) चालकबाट २५ लाख ८३ हजार ५०० र  एक हजार ७४३ ट्रयाक्टर चालकबाट ११ लाख ४५ हजार जरिवाना असुल गरिएको थियो । जिल्लामा गत आव २०७८/७९ मा १२३ वटा सवारी साधन दुर्घटनामा परेका र त्यसमा ३९ जनाले ज्यान गुमाएका थिए भने २३९ सख्त घाइते भएका थिए । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : २६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार