‘जनताका आवश्यकता पुरा गर्न इन्जिनियरको भूमिका महत्त्वपूर्ण छ’ « Khabarhub

‘जनताका आवश्यकता पुरा गर्न इन्जिनियरको भूमिका महत्त्वपूर्ण छ’


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पुरा गर्न इन्जिनियरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

६० औँ इन्जिनियर दिवसको अवसरमा नेपाल इन्जिसिनयर्स एशोसिएसनले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने समेत बताए। उनले राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियरहरू नै भएको जिकिर गरे ।

प्रधानमन्त्री देउवाले पूर्वाधार निर्माणमा देखिएको समस्याहरूलाई समाधान गर्दै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्नु आजको आवश्यक भएकाले यसमा पनि इन्जिनियरहरूले भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरे। देशको आर्थिक विकासलाई सहयोग पुर्‍याउने गरी आधुनिक पूर्वाधार सुविधाहरूको विकासका लागि सबै पक्षबीच समन्वयन हुनुपर्ने उनको भनाइ छ।

त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिसिनयर्सहरुको समस्या समाधान लागि इन्जिसिनयर्स परिषद्सम्बन्धी विधेयक सदनमा रहेको र यही अधिवेशनले पारित गर्ने बताए।

कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । यसैगरी वेस्ट इनोभेसन अवार्ड इन्जिनियर अनुप खनाललाई प्रदान गरिएको छ । त्यस्तै अन्य इन्जिनियहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  २ : ४९ बजे

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले