हनि ट्रयापिङ’मा संलग्न रहेको आरोपमा ३ जना पक्राउ « Khabarhub

हनि ट्रयापिङ’मा संलग्न रहेको आरोपमा ३ जना पक्राउ


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हनी ट्रयापिङमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका–६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्नेहरु सिन्धुली कमलामाई नगरपालिका–४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका–६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् । 

उनीहरूलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा आपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी र प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई ब्ल्याकमेल गर्ने गरेका थिए । 

उनीहरूले ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष व्यक्‍तिहरूलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगी भेटघाट गर्ने, भेटघाट पश्चात झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई ठुलो रकम माग गर्ने गरेको भनाई प्रहरीको छ ।

उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ३८ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको