रहेनन् भारतीय गजल गायक भुपिन्दर « Khabarhub

रहेनन् भारतीय गजल गायक भुपिन्दर


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडका दिग्गज गजल गायक भुपिन्दर सिंहको सोमबार बिहान निधन भएको छ । उनको निधनको खबरले बलिउडमा शोक छाएको छ । भुपिन्दरको निधनको जानकारी उनकी श्रीमती मिताली सिंहले दिएकी हुन् ।

‘उहाँ केही समयदेखि स्वास्थ्य सम्बन्धी समस्यासँग जुधिरहनु भएको थियो। साथै उहाँलाई युरिनरी इशूज पनि भएको थियो’, मितालीले भनेकी छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुपिन्दरको निधनमा शोक व्यक्त गरेका छन् ।

भुपिन्दरको जन्म ६ फेब्रुअरी, १९४० मा पञ्जाबको अमृतसरमा भएको थियो । उनले गायकीको सुरुवाती शिक्षा आफ्नो पिता नाथा सिंहबाट प्राप्त गरेका थिए । उनले आफ्नो करियरको सुरवात अल इण्डिया रेडियो दिल्लीबाट गरेका थिए ।

यसपछि उनले दिल्लीस्थित दूरदर्शनमा पनि काम गरे । उनलाई मदन मोहनले फिल्म ‘हकिकत’ मा मोहम्मद रफीसँग ‘होके मजबूर मुझे उसने बुलाया होगा’ गीतमा सहकार्य गरेका थिए । तर यो गीतले खासै पहिचान बनाउन सकेनन् ।

त्यसपछि सन् १९७८ मा रिलिज फिल्म ‘वो जो शहर था’ले उनलाई लोकप्रिय बनायो । यो फिल्मपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । उनले गाएका गीतहरु ‘होके मजबुर मुझे’, ‘दिल ढूँढता हे’, ‘दुकी पे दुकी हो या सत्ते पे सत्ता’लोकप्रिय छन् । ८२ वर्षे गायकले ‘मौसम’, ‘सत्ते पे सत्ता’, ‘अहिस्ता अहिस्ता’, ‘दूरियाँ’, ‘हकीकत’लगायतका चर्चित फिल्ममा स्वर दिएका थिए । उनको अन्तिम संस्कार मंगलबार दिउँसो साढे ११ बजे ओशिवरा मसानघाटमा गरिनेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ५२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका