नेप्से परिसूचक १६ अंकले बढ्याे, २ अर्ब २९ करोड रुपैयाँको कारोबार « Khabarhub

नेप्से परिसूचक १६ अंकले बढ्याे, २ अर्ब २९ करोड रुपैयाँको कारोबार


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार पनि सेयर बजारमा दोस्रो अंकको सुधार देखिएको छ । आज नेप्से १६.२० अंकले बढेर बजार २०४५.६३ बिन्दुमा पुगेको छ। दुई अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ।

यो साता पहिलो कारोबारमा आइतबार १.९३ अंकले बढेको सेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो। त्यसअघि गएको साताको अन्तिम चार दिनको कारोबारमा ९३.८६ अंकको वृद्धि देखिएको थियो। यसरी पछिल्लो सात दिनको कारोबारमा बजारमा १३०.०२ अंकको वृद्धि देखिएको छ।

गएको साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावट आएको बजारमा त्यसपछिका चार कारोबारमा हरियाली देखिएको थियो। मंगलबार उतारचढावका बीच ११.६८ अंकले बढेको बजार बुधबार ५९.५४ अंकले, बिहीबार १४.७१ अंकले र शुक्रबार ७.९३ अंकले बढेको थियो।

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार हरियाली देखिएको छ। अहिले संगठित लगानीकर्ताहरूले सामाजिक सञ्जालदेखि अन्यत्र पनि आउने मौद्रिक नीतिमार्फत ४/१२ को सीमा हट्ने हल्ला गरिरहेका छन्। जसको प्रभाव बजारमा देखिएको छ। राष्ट्र बैंकले सेयर कर्जाको विषयमा परिवर्तनको संकेत भने गरेको छैन।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ५८ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर