युरोपमा प्रचण्ड गर्मी कायमै, स्पेनमा मात्रै ५१० जनाको मृत्यु « Khabarhub

युरोपमा प्रचण्ड गर्मी कायमै, स्पेनमा मात्रै ५१० जनाको मृत्यु


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली मुलुकहरुमा गर्मी बढ्दै जान थालेको पाइएको छ । युरोपमा बढेको गर्मीका कारण स्पेनमा मात्रै ५ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । तातो हावाबाट स्पेनमा ५ सय १० जनाले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थय मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ । देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन ।

स्पेनसहित दक्षिणी युरोपमा यही जुलाई १० यता गर्मी सुरु भएको बताइएको छ । गर्मीका कारण सो क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्ममा १५० जनाको ज्यान गएको जनाएको छ ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले ५१० जनाको मृत्यु भएको बताएका छन् । गर्मीका कारण ज्यान गुमाउने अकिांशमा ज्येष्ठ नागरिक छन् । मृतकमध्ये ३ सय २१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन् ।

गर्मी अझै बढ्ने अनुमान गरिएको र त्यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ४ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै