राष्ट्रिय परिचयपत्र बनाउन बिहानैदेखि लाइनमा « Khabarhub

राष्ट्रिय परिचयपत्र बनाउन बिहानैदेखि लाइनमा


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ-  जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीहरू बिहानै ५ बजे देखि लाइन बस्ने गरेका छन् । दैनिक ६० जनाले मात्रै सेवा पाउने भएपछि टोकन लिनकै लागि बिहान ५ बजे देखिनै लाइनमा बस्ने गरेको सेवाग्राहीहरूको भनाइ छ ।

जिल्लामा दैनिक दुई सयको हाराहारीमा सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि मात्रै आउने गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । तर, कार्यालयले भने हाल दैनिक ६० जनालाई मात्रै सेवा दिन सकेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

सरकारले राहदानीका लागि राष्ट्रिय परिचय अनिवार्य गरेकोले सेवाग्राही बढेको प्रजिअ वैद्यले बताए । राष्ट्रिय पत्र सेवा प्रवाहका लागि हाल एउटा मात्रै डेक्स रहेकोले पहिला नाम दर्ता गर्ने र पालोअनुसार बोलाउने गरेको प्रजिअ वैद्यको भनाइ छ ।

सेवाग्राहीको चाप बढेसँगै सेवा प्रवाहलाई सहज बनाउन जनशक्ति र आवश्यक उपकरण माग गरेको प्रजिअ वैद्यले बताए । मागअनुसार मन्त्रालयबाट पनि थप जनशक्ति र उपकरण उपलब्ध गराउने निर्णय भइसकेकोले केही दिनमै अस्थायी व्यवस्थापन गरी साउन महिनासँगै दुई वटा स्टेसनबाट सेवा प्रवाह सुरु गरिने प्रजिअ वैद्यले बताए ।

गत साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भएको हो । सोही अभियानलाई विस्तार गर्दै स्थानीय तहमा पनि अभियान सञ्चालन गर्ने गरी तयारी भइरहेको प्रशासनले जनाएको छ ।

सरकारले सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबै खाले सेवा प्रवाह छिटो छरितो गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्र वितरणको अभियान सुरु गरेको हो ।

सुरक्षा चिप्ससहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणमा तत्काल पहुँच दिनबाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पुर्‍याउने बताइन्छ । यस बाहेक व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : १८ बजे

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा