अवैध लागूऔषधसहित १३ जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित १३ जना पक्राउ


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, कैलाली, धादिङ, उदयपुर, कास्की, बर्दिया र पर्साबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ बाट अवैध लागूऔषधसहित एक जना आइतबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारी बिजबानी–९ पिएस जितना बिजबानी पूर्वी चम्पारण बिहार बस्ने १९ वर्षीय प्रभु राम छन् । उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ८९ एम्पुल, फेनारगन ३ सय ६९ एम्पुलनुफिन ३ सय ९० एम्पुल बरामद गरेको छ । 

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८७९ नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी  उनलाई पक्राउ गरिएको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१० बस्ने २५ वर्षीय वसन्त डगौरा रहेका छन् । 

धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट सोही गाउँपालिका–८ बस्ने ४० वर्षीय होम बहादुर तामाङलाई ४ किलोग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ । गजुरी गाउँपालिका–६ गौरीभञ्ज्याङबाट सोही गाउँपालिका–८ पर्बाङ बस्ने २८ वर्षीय तुलाराम तामाङलाई ४ किलोग्राम गाँजासहित सोमबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गजुरी र अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना चोकबाट ४ किलो ३ सय ग्राम गाँजासहित बेलका नगरपालिका–६ बस्ने ३५ वर्षीय बिनेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

रामपुरबाट फतेपुरतर्फ जाँदै गरेको स.३ प ३६०३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका–१७ विरौटाबाट करिब ६ सय ग्राम गाँजा सहित स्याङ्जा पुतलीबजार नगरपालिका–४ बस्ने २० वर्षीय सन्दिप थापा लगायत २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ग.१० प २२२४ नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरिएको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट ३ ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित बाँसगढी नगरपालिका–३ बस्ने २६ वर्षीय उमेश खत्री लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद १० हजार १ सय २० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैयाबाट करिब १ किलोग्राम चरेशसहित सोही स्थान बस्ने ६५ वर्षीया सुनैना साह लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

सिमा प्रहरी चौकी छप्कैया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सुनैना साहको घरको ट्वाईलेटको ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

 

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ४ : ५४ बजे

बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल

काठमाडौं– बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य, संरक्षण र

कारागारबाट भागेका पाँच कैदी–बन्दी प्रहरी नियन्त्रणमा

कञ्चनपुर– यहाँस्थित जिल्ला कारागारबाट भागेका पाँच कैदी–बन्दीलाई शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुरुङ्गा– ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी

‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र

सभामुख र राष्ट्रियसभा अध्यक्षले भने- अहिलेकै संवैधानिक प्रक्रियाबाट निकास खोजौँ

काठमाडौँ– संघीय संसद्ले मंगलबार र बुधबार जेन-जी युवाद्वारा आयोजित आन्दोलनका