सिंहदरबारमा कांग्रेसलाई झस्काउने वाम नेताको छलफल « Khabarhub

सिंहदरबारमा कांग्रेसलाई झस्काउने वाम नेताको छलफल


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कम्युनिष्ट विचारधाराका नेताहरु सिंहदरबारमा छलफलमा बसेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा वाम नेताहरु छलफलमा जुटेका हुन् । यद्यपि छलफलमा एमाले नेताहरूको सहभागिता छैन ।

प्रचण्ड भारत भ्रमणबाट फर्केपछि बालुवाटार छाडेर सिंहदरबार छलफलमा केन्द्रित छन् । मंगलबार बिहानै बाबुराम भट्टराईसँग छलफलमा जुटेका प्रचण्ड बेलुकीतिर भने नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छलफलमा जुटेका हुन् ।

यसलाई प्रचण्ड भारत भ्रमणबाट फर्केपछिको परिदृश्यको रुपमा हेरिएको छ । छलफलमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम छन् । वामदेव गौतमबाहेक सबै सत्ता गठबन्धनका नेता हुन् ।

सत्ता गठबन्धन छाड्न नहुने निष्कर्षमा प्रचण्ड र माधव नेपाल छन् । तर नारायणकाजी र वामदेवको मत भने अहिले पनि वाम एकता गर्नुपर्छ भन्ने छ । यसले प्रचण्ड दोधारमा छन् । प्रचण्ड भारत भ्रमणबाट फर्केपछि सम्भावित राजनीतिक परिवर्तनका लागि छलफल हुन सक्ने आशंका छ ।

जसले कांग्रेसलाई झस्काउने गरेको छ । कांग्रेसले पार्टी बैठकमा सत्ता गठबन्धन चुनावसम्म लैजाने छलफल अगाडि बढाएको छ । त्यसमा प्रचण्ड सहमत छन् । तर वाम एकताका विषयमा वामदेव गौतमले छलफल रोकेका छैनन् । यही कुराले कांग्रेसलाई झस्काइरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : २६ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको