बलिउडमा काम गर्ने विषयमा बोले अल्लु अर्जुन  « Khabarhub

बलिउडमा काम गर्ने विषयमा बोले अल्लु अर्जुन 


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय साउथ इन्डियन फिल्महरूले बलिउडलाई समेत आफ्नो दर्शक बनाइसकेको छ। साउथको फिल्मलाई बलिउडमा रिमेक गर्ने मेकर्सहरुले सेमडेट रिलिज हुने फिल्मको कारण रिमेक गर्न सकेका छैनन् । यस्तै, साउथ इन्डियन अभिनेताहरूको बलिउडमा बढ्दो क्रेजलाई मध्यनजर गर्दै हिन्दी फिल्मको अफरहरू समेत गरिरहेका छन् । 

केही समय अगाडि महेश बाबुलाई हिन्दी फिल्ममा काम गर्ने विषयमा प्रश्न गरिएको थियो । जवाफमा उनले बलिउडले आफूलाई अफोर्ड गर्न नसक्ने बताएका थिए । पुष्पामार्फत नर्थ इन्डियामा पनि बलियो फ्यान फ्लोअर्स बनाएका अल्लु अर्जुनले हिन्दी फिल्म आफ्नो कम्फर्ट जोन भन्दा बाहिर रहेको बताए । ‘मैले हिन्दीमा असहजता महसुस गर्ने छु । यद्यपि त्यहाँका दर्शकमार्फत पाएको मायाको कारण फिल्म गर्नेछु’ उनले भने । 

मुम्बईमा अपार्टमेन्ट खरिद गरेका अल्लु अर्जुनलाई हिन्दी फिल्मको प्रस्ताव पनि भइरहेका छन् । यद्यपि उनले सहमति दिएका छैनन् । उनको आगामी फिल्म ‘पुष्पा : द रूल’ अगाडि अन्य फिल्म गर्ने सम्भावना न्यून छ । उनी पुष्पाको सिक्वेलको छायांकनको तयारीमा छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ३२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल