अभिनेत्री एमिलियालाई भयो ब्रेन एन्यूरिज्म | Khabarhub Khabarhub

अभिनेत्री एमिलियालाई भयो ब्रेन एन्यूरिज्म


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउड अभिनेत्री एमिलिया क्लार्कलाई ब्रेन एन्यूरिज्म भएको छ । यो रोगका कारण उनको शरीरका कयौं अंग ‘ड्यामेज’ भएका छन् । उनका अनुसार सिरिज ‘गेम अफ थ्रोन्स’ को सुटिङको समयमा ब्रेन सर्जरी पनि गराएकी थिइन् ।

एमिलियाले यो सिरिजमा ‘मदर अफ ड्रागन’ को भूमिका निभाएकी थिइन् । उनले ब्रेन सर्जरीपछि आफ्नो जीवन पूर्ण रूपमा परिवर्तन भएको बताएकी छन् । ‘सर्जरीपछि मेरो दिमागको एक हिस्सा गायब भएको जस्तो अनुभव भइरहेको छ । मेरो दिमागको त्यो हिस्सा अब प्रयोग गर्न अयोग्य छ । तर खुसीको कुरा यो हो कि म अहिले पनि कुरा गर्न सक्छु’, उनले भनेकी छन् ।

उनले आफ्नो जीवन रचनात्मक तरिकाले बाँचिरहेको बताएकी छन् । ‘सत्य कुरा यो हो कि धेरै मानिस यो रोगका कारण पनि जिउँदै रहन्छन् । यो समस्याका बाबजुद पनि म राम्रो काम गरिरहेकी छु । म कुनै संवाद नबिर्सिई शोमा काम गरिरहेकी छु’, उनले भनेकी छन् ।

ब्रेन एन्यूरिज्मबाट पीडित व्यक्तिको दिमागको नसा कमजोर भएर फुल्ने गर्दछ । ५० वर्षभन्दा बढी उमेरका व्यक्ति वा उच्च रक्तताप, जेनेटिक रोग, इन्फेक्सन या दिमागी चोट र तनावसँग जुधिरहेका व्यक्तिहरू यो रोगको सामना गरिरहेका हुन्छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ६ : ४२ बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी