योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित « Khabarhub

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले विधेयकमाथि दफावार छलफल गर्दै पारित गरेको हो । बैठकमा सांसदहरुले विश्वविद्यालयको प्रकृति, संगठनात्मक संरचना, लगानी लगायतका विषयमा प्रष्ट हुनुपर्नेमा जोड दिएका थिए । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विधेयकमाथि आएका सुझावहरूलाई सम्बोधन गर्ने प्रयास गर्ने बताएका थिए । उनले विधेयकलाई अन्तिम रूप दिएर चालू अधिवेशनबाट नै पारित गर्ने बताए । 

आयुर्वेद शिक्षालाई राष्ट्रिय पहिचान र आवश्यकताअनुरुप विकास गरी आयुर्वेद शिक्षासम्बन्धी शिक्षालाई व्यवस्थित गर्न सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ल्याएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ६ : ४९ बजे

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा