थ्रिलरमा बढ्यो शाहरुखको आकर्षण « Khabarhub

थ्रिलरमा बढ्यो शाहरुखको आकर्षण


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा बादशाहको उपनाम समेत पाएका शाहरुख खान आउँदो वर्ष कमब्याक गर्दैछन् । उनले कमब्याक लाइनअपलाई तगडा बनाएका छन् । उनी आउँदो वर्षको सुरुवातमा ‘पठान’ मा देखिनेछन् । त्यसपछि साउथ इन्डियन निर्देशक एटलीको फिल्म जवान रिलिज हुनेछ । यी फिल्ममा एक्सन अवतारमा देखिने शाहरुखले वर्षको अन्त्यमा रिलिज हुने फिल्म डंकीमा आफ्नै उमेर समुहको चरित्रमा प्रस्तुत हुनेछन् । फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरिरहेका छन् । त्यसपछि उनले आफ्नो हिट फिल्म ‘डन’ को तेस्रो सिरिजमा काम गर्ने तयारी गरेका छन् ।

पछिल्लो फिल्म ‘जिरो’ सम्म फ्लपको सामना गरेपछि शाहरुखले ब्रेक लिएका थिए । उनी अब भने ५ वर्ष पश्चात बलिउडमा कमब्याक गर्न तयार छन् ।बलिउडमा हालैमात्र ३० वर्ष पूरा गरेका अभिनेता शाहरुखले अब आफ्नो छवि बदल्ने तयारीमा छन् । रोमान्टिक र सोसल ड्रामामा आधारित फिल्ममा देखिँदै आइरहेका शाहरुखले अब थ्रिलर र एक्सन जनरामा आफूलाई प्रयोग गर्दैछन् । किनकी उनले सुन्ने स्क्रिप्ट र भेट्ने निर्देशकहरूनै सोही शैलीमा फिल्म बनाउन माहिर छन् ।

उनले आफ्नो डनको नयाँ सिरिजमा काम गर्ने  मनसाय समेत बनाएका छन् । डनको तेस्रो सिरिजमा निर्देशक फरहान अख्तरले शाहरुखसँगै अमिताभ बच्चनलाई पनि कास्ट गर्दैछन् । फिल्म थ्रिलर, एक्सन र सस्पेन्सले भरिपूर्ण हुनेछ । शाहरुखले केही वर्ष यता एक्सन फिल्म नगर्ने मनसाय बनाएका थिए । तर, अब उनी ब्याक टु ब्याक फिल्म गरिरहेका छन् । आउँदो वर्ष मात्र शाहरुखको तीन फिल्म रिलिज हुनेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ७ : ५५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल