चकलेटी स्टारडम भुलेर फरक भूमिकामा देखिएका प्रदीप खड्का « Khabarhub

चकलेटी स्टारडम भुलेर फरक भूमिकामा देखिएका प्रदीप खड्का


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी द्वन्द्वको पृष्ठभूमिमा बनेको फिल्म ‘प्रकाश’ मा प्रदीप खड्काले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

यो फिल्मको ट्रेलर एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । ट्रेलरमा उनले शिक्षक बन्न गरेको संघर्षलाई देखाइएको छ । शिक्षित युवा भएता पनि विधमान भ्रष्टाचारका कारण भोग्नुपरेको कठिनाइलाई उनले फिल्ममार्फत दर्शाएका छन् ।

सधैजसो चकलेटी अनुहारमा देखिने प्रदीप यसपटक आफ्नो स्टार भ्यालुलाई बिर्साएर प्रकाश चरित्रलाई पर्दामा उतार्न प्रयत्नशील छन् । फिल्ममा काम गरेपछि उनको सोच्ने शैली र बोल्ने शब्द पनि फेरिएका छन् । कुनै समय आफ्नो अभिनयको आलोचना गर्दा नराम्रो सोच्ने प्रदीपले अहिले ती शब्दको महत्व बुझेका छन् ।

‘ती सुझावहरु मप्रतिको आशा रहेछ । मैले गर्न सक्ने काम नगरेकोले म आलोचित भएको रहेछु । मसँग एक किसिमको फ्यान हुनुहुन्छ तर मैले उहाँसम्म रियल हिरोको कथाहरु लग्न सकेको रहनेछु’ प्रदीप भिन्न सुनिए । उनी आफैँले अघिल्ला चरित्र र त्यसमा गरेको मेहनत अहिले बुझेका छन् । उनले हिरो र कालकार बीचको भिन्नतालाई महसुस गर्दैछन् ।

‘म हिरो सधै बन्न सक्दिनँ । किनकि त्यो अनुसार मेन्टेन रहन नसकुँला । तर, म अभिनेता भने सधैँ बन्न सक्छु । कलाकारिता गर्न सक्छु । र, कलाकार सधैँ रहन सक्छु’ प्रदीपले भने । उनले सुरुवाती समयमा हिरो भन्ने सोचाइ नै आफूमा कसैले भरिदिएको बताउछन् । ‘तिमी चकलेटी छौँ । हिरो बन्नु पर्छ भन्ने थट म माथि थुप्रियो । म त्यहिँ अनुसार अगाडी बढे । तर त्यो सत्य होइन रहेछ’ उनले भने ।

माओवादी द्वन्द्वलाई काठमाडौंबाट नियालेता पनि उनले विभिन्न मध्यमले टाढा नरहेको बताए । ‘जसरि हामी राजनीतिबाट अछुतो छैनौँ । म पनि माओवादी युद्धबाट थिइन् । फिल्ममा झैँ समाजका कतिपय समस्याको अन्त्य सुखान्त हुँदैन । यसलाई महसुश गरेपछि मैले यो कथालाई धेरै दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लाग्यो’ उनले भने ।

त्यसो त उनलाई हिजोको युद्धले दिन नसकेको परिणामले अर्को क्रान्ति हुन् सक्ने वाइलाइन नै मन परेको थियो । लेखक विकाश सुवेदी र निर्देशक दिनेश राउतको कथासार सुनेर उनले फिल्म गर्ने सहमति दिए । आफूले हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्न उनलाई सहज थिएन ।

कुनै समय उनलाई फिल्मको चरित्रलाई न्याय गर्न सक्दिन कि ? भन्ने नलागेको पनि होइन । तर निर्देशक राउतकै कारण उनी फिल्ममा छन् । उनले फिल्मको तयारीका लागि अनुप बरालका अभिनय र शारीरिक हाउभाउका कुरा सिकेकोदेखि जुम्लाको चरित्रमा डुब्न खाली खुट्टा हिँडेकोसम्म अनुभव सुनाएका थिए ।

निर्देशक राउतले प्रदीपले फिल्ममा प्रशस्त मेहनत गरेको बताउँदै फिल्मले कर्णालीको जनजीवनलाई रसिलो गरी प्रस्तुत गर्ने प्रयास गरेको बताए । दिया मास्केले ‘प्रकाश’मा आफूले निर्वाह गरेको चरित्र अहिलेसम्मकै गाह्रो चरित्र भएको बताउँदै निर्देशक राउतको प्रशंसा गरेकी थिइन् ।

थिएटरको पृष्ठभूमिबाट आएकी रेनु योगीको यो पहिलो फिल्म हो । फिल्ममा उनले प्रदीपको जोडी भएर अभिनय गरेकी छिन् । फिल्म भदौ १० मा प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : ५४ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।