के अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ को तेस्रो शृङ्खला बन्ला ? « Khabarhub

के अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ को तेस्रो शृङ्खला बन्ला ?


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अल्लु अर्जुन पछिल्लो समय आफ्नो फिल्म ‘पुष्पा’ का कारण निकै चर्चामा छन् ।

उनले उक्त फिल्म मार्फत दक्षिण भारतमा मात्र नभई नर्थ इन्डियामा पनि उत्तिकै फ्यान बनाए । उनको स्टारडमले बलिउडलाई समेत धक्का दियो ।

यिनै अल्लुलाई हिन्दी फिल्मको अफर पनि गयो । तर , उनी पुष्पाको सिक्वेल ‘पुष्पा : द रूल’ को काम नसकी अन्य फिल्ममा काम गर्ने योजनामा छैनन् ।

होम प्रोडक्सनकै फिल्म भए पनि निर्देशक सुकुमारले उनलाई पुष्पाको ब्राण्ड भ्यालु अन्य स्थानमा प्रयोग गर्ने अनुमति दिएका छैनन् ।

पुष्पाको सिक्वेलको चर्चाकै बीच यसमा अभिनय रहने अर्का कलाकार फहाद फासिलले ‘पुष्पा’को तेस्रो भाग पनि बन्ने बताएका छन् । उनले निर्देशक सुकुमारले तेस्रो भागका लागि पनि तयार रहन भनेकाले तेस्रो भाग पनि बन्ने बताए ।

रक्त चन्दन तस्करीको कथामा बनेको फिल्ममा फहादले प्रहरीअधिकृतको भूमिका निर्वाह गरेका छन् ।

फिल्मको दोस्रो भाग सुटिङको मुखमा फहादले निर्देशक सुकुमारले आफूलाई तेस्रो भागका लागि पनि तयार रहन निर्देशन दिएको र यसका लागि निर्देशकसँग प्रशस्त सामग्री रहेको बताएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : १६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर