माछा मार्न जाँदा करेन्ट लागेर बाबु-छोराको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

माछा मार्न जाँदा करेन्ट लागेर बाबु-छोराको मृत्यु, एक घाइते


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- विद्युतीय तारको प्रयोग गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पाल्पा निस्ती गाउँपालिका- ५ घर भएर हाल शुक्लागण्डकी-२ कोत्रेस्थित बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदि ब्याम्बोको मृत्यु भएको हो।

बिहीबार बेलुकी गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बेला उक्त दुर्घटनामा चित्रबहादुरकी १९ वर्षीया श्रीमती दिलमाया ब्याम्बो भने सख्त घाइते भएकी छन्।

घाइते भएकोमा बाबु र छोराको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बिहीबार साँझ साढे ७ बजे मृत्यु भएको हो। घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’