टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर « Khabarhub

टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी २१ असोजबाट रिलिज हुने फिल्म ‘२ नम्बरी’ को टिजर सार्वजनिक हुनासाथ यसलाई विशेषत टिकटक बनाउनेको संख्या बढ्दै गएको छ । टिजरमा प्रयोग गरिएको संवादमाथि झन्डै तीन लाखभन्दा बढी पटक टिकटक बनेका छन् ।

नौ दिनअघि सार्वजनिक टिजरले युट्युबमा १० लाख बढी भ्युज पाइसकेको छ । टिजरमा मुख्य कलाकारहरू नायकद्वय दयाहाङ राई, सौगात मल्ल र नायिकाद्वय उपासनासिंह ठकुरी र उगेन छोदेन हाबी छन् ।

दर्शकले सौगात र उपासनाविचको संवादलाई पनि निक्कै रुचाएका छन् । ‘हामीले दुई मिनेटभन्दा लामो टिजर सार्वजनिक गरेका थियौं । यसबाट नै उत्कृष्ट प्रतिक्रिया पाएका छौँ । अब, टिजरभन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुनेछ,’ प्रस्तुत कर्ता किरण नेपालीले भने ।

फिल्ममा दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा मिठु तामाङ्नी सहनिर्मात्रीको रूपमा छिन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १ : ०० बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा