हाइटी भूकम्पको एक वर्षसम्म पनि दुई लाख ५० हजार बालबालिका विद्यालय बाहिर « Khabarhub

हाइटी भूकम्पको एक वर्षसम्म पनि दुई लाख ५० हजार बालबालिका विद्यालय बाहिर


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यारेबियन सागरमा अवस्थित मुलुक हाइटीमा भूकम्प गएको एक वर्ष भएको छ । भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षौँसम्म लाग्नसक्ने राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय बालकोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ । सीमित आर्थिक अवस्था तथा अरु चुनौतीहरुका कारण राष्ट्रसङ्घीय बालकोषले गएको वर्ष दिनमा ती कक्षा कोठासहितका भवन निर्माण गरेको हो ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका सहप्रवक्ता फराह हकले यसबारे जानकारी दिएका हुन् । उनले दिएको जानकारीअनुसार बालकोषले निर्माण गरिदिएका भवनहरुबाट ७४ हजार जना जति बालबालिका विद्यालय जान पाएका छन् भने अरु कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका अझै पनि कक्षा कोठाभन्दा बाहिर रहेका छन् ।

राष्टसङ्घीय बालकोषले यहाँ भूकम्पबाट पीडित बालबालिकालाई शैक्षिक सामग्री, पोषणयुक्त खानेकुरा तथा अन्य आवश्यक सहायता पनि उपलब्ध गराएको छ ।

अझै पनि ठूलो संख्याका बालबालिका आफ्नो घर नभएर आश्रयस्थलमा बसिरहेका छन् । विभिन्न दाताको सहयोगमा यहाँ टेन्टहरु बनाइएको छ र त्यहाँ नागरिकले आश्रय लिइरहेका छन् ।

सो भूकम्पले एक हजार २५० विद्यालय भवन भत्काएको थियो । तीमध्ये अधिकांश अझै पुनः निर्माण हुन सकेको छैन ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ४ : २५ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा