चीनमा बाढीका कारण १७ जनाको मृत्यु « Khabarhub

चीनमा बाढीका कारण १७ जनाको मृत्यु


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको ज्यान गएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँका बिहीबार साँझको सो बाढीबाट अरु १७ जना हराइरहेका छन् ।

ती हराएका व्यक्तिको खोजी भइरहेको बताइएको भए पनि उनीहरु भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरुले जनाएका छन् । स्थानीय समयानुसार बुधबार राती १० बजेर २५ मिनेटबाट सुरु भएको भिषण बर्षाका कारण ठूलो बाढी आएको र धनजनको क्षति भएको जनाइएको छ ।

धेरै माटो बोकेर आएको बाढीले नदिको बहाव परिवर्तन गरेकाले पनि धेरै क्षति भएको अधिकारीहरुले जनाएका छन् । बाढीबाट छ गाउँका छ हजार दुई सय ४५ घर प्रभावित भएका छन् । ती मध्ये दुई भवन पूर्ण रुपमा र १४ भवन अत्यधिक क्षति भएको छ ।

बाढीका कारण घरमा क्षति भएपछि एक हजार दुई सय भन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरुका लागि अत्यावश्यक सहयोग र सामग्रीको व्यवस्था गर्न लागिएको छ । उनीहरुलाई अस्थायी शिविरमा राखिएको छ ।

सेना प्रहरी र उद्धारकर्मीहरु गरी कम्तीमा चार हजार पाँच सयजना उद्धारका काममा खटिएका छन् । उनीहरुले बिहीबार बिहानदेखि हराएका २० जना व्यक्तिको सकुशल उद्धार गरेको जनाएका छन् ।

त्यहाँ बुधबार बिहानदेखि अविरल रुपमा वर्षा भएको छ । बाढीमा परेर हराएका व्यक्तिको खोजी कार्य भइरहेको उद्धारकर्मीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार त्यहाँका छ हजारजना भन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका छन् । उनीहरुलाई विद्यालयहरुमा आश्रय दिएर राखिएको छ । वर्षा जारी नै रहेकाले थप क्षतिबाट बच्नका लागि सुरक्षित रहन भनिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ४ : ३५ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा