नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा सम्पन्न « Khabarhub

नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा सम्पन्न


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– नौ दिन आठ रात मनाइने भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । भक्तपुरमा जनै पूर्णिमाको साँझ सुकुलढोकास्थित नाट्यश्वरी मन्दिरमा गुठी संस्थानले विधिपूर्वक पूजा गरी सरकारी घिन्ताङघिसी नाचलाई नगरपरिक्रमा गराएसँगै गाईजात्रा शुरु भएको थियो ।

गाईजात्राको अन्तिम दिन आज पनि भक्तपुरका विभिन्न स्थानबाट हास्यव्यङ्ग्यसहितको ख्याली प्याखँ प्रदर्शन गरिएको थियो । मानिसहरु अनेक प्रकारका वेशभूषामा सजिएर जात्रा अवलोकन गर्नेहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । विभिन्न टोलटोलबाट आज पनि घिन्ताङघिसी नाच प्रदर्शन गरिएको थियो ।

आजै भक्तपुरको सूर्यमढीस्थित वाकुपतिनारायणलाई दीप प्रज्वलनसहित नगरपरिक्रमा गराइएको थियो । सो नगरपरिक्रमा कार्यक्रममा हजारौँ स्थानीय बासिन्दाहरू परम्परागत नेवारी पोशाकमा हातमा धूप बालेर सहभागी भएका थिए । सो अवसरमा हातमा दियो बालेर समेत स्थानीयवासी सहभागी भएका थिए । 

गाईजात्राको समापनसँगै गाईजात्राको अवसरमा प्रदर्शन गरिएका देवी नाच, महाकाली नाच, भैरव नाच, लाखे नाच, बाँदर नाचलगायतका सांस्कृतिक र पौराणिक नाचहरुको प्रदर्शनसमेत सम्पन्न भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : ४५ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको