‘पाकिस्तानमा महिला सञ्चारकर्मी हिंसा र सेन्सरसिपको जोखिममा’ « Khabarhub

‘पाकिस्तानमा महिला सञ्चारकर्मी हिंसा र सेन्सरसिपको जोखिममा’


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा महिला सञ्चारकर्मीहरु आक्रमण र सेन्सरसिपको बढ्दो जोखिममा रहेको त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

खासगरी अनलाइन सञ्चारमाध्यममा काम गर्ने महिला पत्रकारहरु यस्तो जोखिममा रहेको आयोगले जनाएको छ ।

पाकिस्तानबाट प्रसारण हुने जियो टेलिभिजनका अनुसार पाकिस्तानी मानव अधिकार आयोगकी अध्यक्ष राबिया जावेरी आगाले पाकिस्तानी अनलाइन संसारमा महिला पत्रकारहरु अनलाइन हिंसाको शिकार भइरहेको बताइन् ।

पाकिस्तान प्रायः प्रेस एवम् अभिव्यक्ति स्वतन्त्रताको हिसाबमा निकै खराब मुलुकको सूचीमा आउँछ ।

पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था रिपोटर्स विदाउट बोर्डर्सले सन् २०२१ का लागि सार्वजनिक गरेको सूचकांकमा पाकिस्तान १८० मुलुकमध्ये १४५ औँ स्थानमा रहेको छ ।

फ्रिडम नेटवर्क नामक संस्थाका अनुसार सन् २०१३ देखि सन् २०१९ सम्म पाकिस्तानमा ३३ पत्रकार आफ्नो काम गरेकै आधारमा मारिएका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ६ : ४७ बजे

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज