बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद « Khabarhub

बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद गरिएको छ ।

चटगाउँ–ढाका राजमार्गमा बंगलादेशी सुरक्षाकर्मीले विशेष कारवाही गरी २७ सय ६० कार्टुन विदेशी मदिरा बरामद गरेका हुन् । बंगलादेशको आयात नियमनमा रहेको कमजोरीको फाइदा उठाउँदै चीनबाट बंगलादेशतर्फ विदेशी मदिरा तस्करी गरिएको हो ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार उक्त मदिराको आयातका लागि नक्कली दस्तावेजहरु तयार पारिएका थिए । बंगलादेशी आयातकर्ताले पोलिस्टरको धागो भन्दै रक्सी बंगलादेशतर्फ ल्याएको बताइएको छ ।

बंगलादेश लाइभ नामक समाचार संस्थाका अनुसार ती रक्सी पाँचवटा कन्टेनरमार्फत् बंगलादेश ल्याइएको र यसबाट बंगलादेश सरकारलाई ६० देखि ७० करोड टका हानी भएको दाबी गरिएको छ ।

यसअघि पनि चीनबाट बंगलादेशतर्फ ठूलो परिमाणमा सामानहरु तस्करी हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : ०६ बजे

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण