लमजुङमा रोपाइँजात्राकाे रमझम « Khabarhub

  लमजुङमा रोपाइँजात्राकाे रमझम


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सदरमुकाम बेसीसहरमा शुक्रबार नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ । कृष्ण जन्माष्टमीका दिन बेसीसहरका नेवार समुदायले सदरमुकाम बेसीसहरमा विभिन्न भेषभुषामा पहिरिएर रोपाइँजात्रा निकालेका हुन् ।

सदरमुकाम बेसीसहरमा  नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ । कृष्ण जन्माष्टमीका दिन बेसीसहरका नेवार समुदायले सदरमुकाम बेसीसहरमा विभिन्न भेषभुषामा पहिरिएर रोपाइँजात्रा निकालेका हुन् । उनीहरूले पञ्चेबाजासहित बजार परिक्रमा गरेर धान रोपेको अभिनय गरी जात्रा निकालेका थिए । बाजाको तालमा उनीहरूले धान रोपेको अभिनय गरेका थिए  ।

रोपाइँजात्रा भोटेओडार, सुन्दरबजार, उदिपुर लगायत क्षेत्रमा पनि निकालिने गरिन्छ । बेसीसहरमा नेवा खलस् लमजुङको नेतृत्वमा ५ वटा गुठीमा आबद्ध नेवार समुदायले रोपाइँजात्रा निकालेका हुन् । दिउँसो बेसीसहरको भीमसेनस्थानचोकबाट सुरु भएको जात्रा नारायणस्थान चोक, प्रशासनचोक, दनाइँफाँट चोक, शेरा चोकमा जात्रा देखाएर पुनः भीमसेनस्थान चोकमा आएर टुंगिएको थियो । 

‘रोपाइँजात्रा नेवार वस्ती भएका सबै ठाउँमा निकाल्ने गरिन्छ,’ नेवा खलस्का उपाध्यक्ष कृष्णलाल प्रधानले भने । उनका अनुसार व्यापार व्यवसायमा बढी रुचि राख्ने नेवार समुदायले मनोरञ्जनका लागि रोपाइँ जात्राको सुरुवात गरेको हुन् ।                                      

जात्रामा पञ्चेबाजा बजाएर, महिलाको पहिरन लगाएर पुरुषहरू अनेक शृङ्गार गरी सडकमा धान रोपाइँको अभिनय गरिन्छ ।  सहनाइमा असारे भाका निकालेर, नरसिंगा, ढलकी, झ्याली र दमाह बजाएर त्यसैको तालमा महिलाको भेषमा सजिएका पुरुषले खेत रोपेको अभिनय गर्ने गरिन्छ । नाग पञ्चमिको दिनदेखि लाखे नाच, गाइजात्रा, रोपाईजात्रा लगायतका जात्रा तीज सम्म निकाल्ने गरिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : ०८ बजे

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत