'नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ' | Khabarhub Khabarhub

‘नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउँछ’


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताए ।  कृष्ण जन्माष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकताविहीन हुनु नपर्ने उल्लेख गरे ।  

विसं २०७२ मा संविधान बनेपछि कानुन बनाउँन नसक्दा नागरिकता पाउन नसकिएका युवालाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याइएको उनले बताए ।’नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनुपर्ने थियो तर विसं २०७२ मा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन, अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नागरिकता दिन विधेयक अगाडि बढाएको हो’, गृहमन्त्री खाणले भने। उनले विधेयकलाई सबैले साथ दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : ५० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित