सभामुख सापकोटाद्वारा सांसद गिरिको स्वास्थ्य लाभको कामना | Khabarhub Khabarhub

सभामुख सापकोटाद्वारा सांसद गिरिको स्वास्थ्य लाभको कामना


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख अग्नि सापकोटाले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् ।

बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने ।

गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ । गतवर्ष उनलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरिएका गिरी पछिल्लो समय घरमै आराम गरिरहेका थिए । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ८ : ३३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’