आफ्नो निर्वाचन क्षेत्रमा पैसा नबाँड्न सांसदलाई आयोगको निर्देशन « Khabarhub

आफ्नो निर्वाचन क्षेत्रमा पैसा नबाँड्न सांसदलाई आयोगको निर्देशन


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले गण्डकी प्रदेश र प्रदेश १ लाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सांसदलाई पैसा नबाँड्न निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला योजना छनोट र योजना बाँड्ने तयारी भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा गण्डकी र प्रदेश १ सरकारले सांसदमार्फत बजेट खर्चन लागेका हुन्। कार्यकाल सकिन लागेका बेला अघिल्ला वर्षजस्तै ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ मार्फत बजेट दिन लागिएको हो ।

प्रदेश १ मा कार्यविधि बनाएर सांसदलाई योजना छनोट गर्न लगाइएको छ भने गण्डकीमा योजना बाँड्ने तयारी छ । निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वभाविक मान्न नसकिने आयोगको भनाई छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : २७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका