नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा « Khabarhub

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका लागि चुनाव लड्न आएको बताएका छन् । यसअघि काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ मा उम्मेदवार बनेका छन् ।

आजबाट चुनावी अभियान सुरु गरेका थापाले एक कार्यक्रममा भने, ‘म यहाँ नेता होइन, बेटा बन्न आएको हुँ ।’

सर्लाही आइपुगेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्ता सँग भेटघाट गर्दै आफ्नो राजनीतिक यात्रा सेवा र संवादमै केन्द्रित रहने बताए। धनकौल गाउँपालिका–२ मा आयोजित कोणसभामा उनले आफू फोटो खिचाउन वा हात हल्लाउन मात्रै नभई जनताको सेवक बनेर काम गर्न आएको बताए ।

मधेसलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न नसकिने धारणा राख्दै थापाले दिवंगत नेता प्रदीप गिरिको संगतबाट मधेस बुझ्ने अवसर पाएको बताए ।

कार्यक्रममा बोल्दै उनले मधेसका विद्यालयहरूमा गणित, विज्ञान र अंग्रेजी विषय कमजोर रहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै सूचना प्रविधिमा आधारित र प्रतिस्पर्धी शिक्षा प्रणाली विकास गरिने उनले बताए। युवाहरू रोजगारीका लागि बाध्य भएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्नु आफ्नो मुख्य लक्ष्य रहेको थापाको भनाइ थियो।

थापाले सर्लाही–४ का जनताले सानो–सानो कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न क्षेत्रमै स्थायी सम्पर्क कार्यालय स्थापना गरिने घोषणा पनि गरे। सांसद भनेको शासक होइन, सेवक हो भन्ने मान्यतामा आफू दृढ रहेको बताउँदै जनताको गुनासो सुन्ने र समस्या समाधान गर्ने व्यवस्थित संयन्त्र बनाइने उनले बताए।

पार्टी कार्यकर्ता तथा स्थानीयसँगको भेटमा थापाले आफू नेता भएर होइन, सर्लाहीको बेटा बन्न आएको भावनात्मक अभिव्यक्ति दिए। मधेस आन्दोलनका शहीदहरूको सम्मान र युवाहरूको भविष्य निर्माणलाई आफ्नो राजनीतिक अभियानको केन्द्रबिन्दु बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सर्लाही–४ बाटै परिवर्तनको थालनी हुने विश्वास समेत व्यक्त गरे।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १० : ०६ बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले