लमजुङमा रोपाइँजात्रा सम्पन्न « Khabarhub

लमजुङमा रोपाइँजात्रा सम्पन्न


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सदरमुकाम बेसीसहरमा शुक्रबार नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ । कृष्ण जन्माष्टमीका दिन बेसीसहरका नेवार समुदायले सदरमुकाम बेसीसहरमा विभिन्न भेषभूषमा पहिरिएर रोपाइँजात्रा निकालेका हुन् ।

सदरमुकाम बेसीसहरमा नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ ।कृष्ण जन्माष्टमीका दिन बेसीसहरका नेवार समुदायले सदरमुकाम बेसीसहरमा विभिन्न भेषभूषमा पहिरिएर रोपाइँजात्रा निकालेका हुन् ।

उनीहरूले पञ्चेबाजासहित बजार परिक्रमा गरेर धान रोपेको अभियन गरी जात्रा निकालेका थिए । बाजाको तालमा उनीहरूले धान रोपेको अभिनय गरेका थिए ।

रोपाइँजात्रा भोटेओडार, सुन्दरबजार, उदिपुर लगायत क्षेत्रमा पनि निकालिने गरिन्छ । बेसीसहरमा नेवा खल: लमजुङको नेतृत्वमा ५ वटा गुठीमा आबद्ध नेवार समुदायले रोपाइँजात्रा निकालेका हुन् । दिउँसो बेसीसहरको भीमसेनस्थानचोकबाट सुरु भएको जात्रा नारायणस्थान चोक, प्रशासनचोक, दनाइँफाँट चोक, शेरा चोकमा जात्रा देखाएर पुनः भीमसेनस्थान चोकमा आएर टुंगिएको थियो ।

‘रोपाइँजात्रा नेवार वस्ती भएका सबै ठाउँमा निकाल्ने गरिन्छ,’ नेवा खलस्का उपाध्यक्ष कृष्णलाल प्रधानले भने । उनका अनुसार व्यापार व्यवसायमा बढी रुचि राख्ने नेवार समुदायले मनोरञ्जनका लागि रोपाइँ जात्राको सुरुवात गरेको हुन् ।

जात्रामा पञ्चेबाजा बजाएर, महिलाको पहिरन लगाएर पुरुषहरू अनेक शृङ्गार गरी सडकमा धान रोपाइँको अभियन गरिन्छ ।

सहनाइमा असारे भाका निकालेर, नरसिंगा, ढलकी, झ्याली र दमाह बजाएर त्यसैको तालमा महिलाको भेषमा सजिएका पुरुषले खेत रोपेको अभिनय गर्ने गरिन्छ । नाग पञ्चमिको दिनदेखि लाखे नाच, गाइजात्रा, रोपाईजात्रा लगायतका जात्रा तीज सम्म निकाल्ने गरिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ५२ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल