टेनिस कोर्टमा बल टिप्ने केटाको उचाइ | Khabarhub Khabarhub

टेनिस कोर्टमा बल टिप्ने केटाको उचाइ

रोजर फेडेररको संन्यास


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

स्टार खेलाडी रोजर फेडेररले टेनिसबाट संन्यास लिएपछि उनका प्रतिद्वन्द्वी राफेल नाडालले यसलाई टेनिस खेलको दुःखको दिन भएको बताएका छन्। २० पटकका ग्रान्डस्लाम च्याम्पियन फेडेररले बिहीबार संन्यासको घोषणा गरेका हुन्। यी ४१ वर्षीय खेलाडी भन्दा बढी स्पेनका नाडालले २२ तथा सर्बियाका नोभाक जोकोभिकले २१ ग्रान्डस्लाम उपाधि जितेका छन्।

टेनिस इतिहासका यी चीर परिचित प्रतिद्वन्द्वीको बीचमा ४० पटक भेट भए पनि २४ खेलमा नाडालले जित हात पारेका छन्। नाडालले भविष्यमा पनि फेडेररका बारे सम्झन लायक धेरै कुरा रहने बताएका छन्।

फेडेररले सन् १९९८ मा १६ वर्षको उमेरमा व्यावसायिक खेल जीवनको सुरुवात गरेका थिए। सन् २००३ मा विम्बल्डनको रूपमा उनले पहिलो ग्रान्डस्लाम उपाधि जितेका थिए। अल इङ्गल्यान्ड लन टेनिस क्लबका प्रमुख इयान हेविटले फेडेरर प्रति सम्मान व्यक्त गरेका छन्। फेडेररले २२ विम्बल्डन सहभागितामा ८ पटक उपाधि जितेका थिए। १२ पटककी ग्रान्डस्लाम विजेता बेली जियन किङले फेडेररलाई ‘च्याम्पियनको च्याम्पियन’ संज्ञा दिएका छन्।

उनले ट्विट गर्दै त्यस पुस्तामा फेडेररको खेल सबैभन्दा पूर्ण भएको जनाएकी छिन्। पूर्व शीर्ष वरीयताका खेलाडी रोड लेभरले फेडेररसँग चाँडो भेट हुने बताएका छन्।

१८ ग्रान्डस्लाम विजेता मार्टिना नाभ्रातिलोभाले फेडेररको संन्यासले भावुक बनाएको बताएकी छन्। सन् २००८ मा फेडेररसँग मिलेर स्वीजरल्यान्डलाई ओलम्पिकमा युगलको स्वर्ण पदक दिलाएका स्टानीलस वारिन्काले फेडेररको भावी जीवनका लागि शुभकामना दिएका छन्।

एटीपी प्रमुख आन्द्रे गाउडजुनीले फेडेररले टेनिसलाई नयाँ युगमा प्रवेश गराएको प्रतिक्रिया दिएका छन्। यूएस ओपन च्याम्पियन तथा विश्व वरियता क्रममा शीर्ष स्थानमा रहेका कार्लोस अल्काराजले फेडेरर आफ्नो आदर्श खेलाडी भएको प्रतिक्रिया दिएका छन्। पूर्व स्विस डेभिस कप टोलीका कप्तान क्लाउडियो मेजराड्जीले फेडेरर एउटा टेनिस खेलाडी भन्दा बढी भएको प्रतिक्रिया दिएका छन्।

२४ वर्षमा १ हजार ५ सय भन्दा बढी खेल खेलेका फेडेररको जीवनको पछिल्लो समय भने चोटले ग्रसित थियो। सन् २०२० मा उनको घुँडामा चोट लागेको थियो। त्यसको एक वर्षपछि हुबर्ट हकराजसँग पराजित भएपछि उनले अर्को पटक चोटको सामना गरेका थिए। फेडेररले अन्तिम प्रतियोगिताको रूपमा लन्डनमा आयोजना हुने लेभर कपमा सहभागिता जनाउने छन्।

फेडेररको संन्यासलाई टेनिस खेलकै लागि अपूरणीय क्षति बताउने नाडालले त्यसै प्रतियोगितामा उनीसँग भेट हुने अपेक्षा गरिएको बताएका छन्। नाडालले खेल जीवनमा फेडेररसँग थुप्रै यादगार क्षण रहेको बताएका छन्।

टेनिस इतिहासको सर्वकालीन उत्कृष्ट खेलाडीका बारे अनेक बहस हुन सक्छन्। तर, फेडेररका केही कीर्तिमान भने दुर्लभ हुन सक्छन्। ३६ वर्षको उमेरमा पनि शीर्ष वरियतामा पुगेर उनले सबै भन्दा पाको उमेरमा शीर्ष वरीयता पाउने टेनिस खेलाडीको रूपमा कीर्तिमान कायम गरेका थिए।

त्यसैगरी फेडेररले २ सय ३७ साता शीर्ष वरीयतामा रहेर सबै भन्दा लामो समय शीर्ष स्थानमा रहने कीर्तिमान पनि कायम गरिसकेका छन्। ६ पटक अष्ट्रेलियन ओपन जितेका फेडेररले एक पटक फ्रेन्च ओपन, पाँच पटक यूएस ओपन र ८ पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन्।

१०३ एटीपी उपाधि जितेका उनले सन् २००८ मा डेभिस कप पनि जितेका थिए। उनले पनि आफूलाई प्रकृतिले केही विशेष क्षमता प्रदान गरेकाले बढ्दो उमेरमा पनि खेल्न सकेको प्रतिक्रिया दिएका छन्।

जब म सानो थिए बासेलको टेनिस कोर्टमा बल ब्वाइको रूपमा थिएँ। मैले ती जस्तै खेल्ने सपना देख्ने गरेको थिएँ’, बाल्यकालको स्मरण गर्दै फेडेररले भनेका छन्। स्वीडेनको सानो बल टिप्ने केटो स्टार हुनुलाई संसारका सबैले प्रेरणाको रूपमा लिनुपर्ने उनले बताएका छन्। भर्खर यूएस ओपन जितेका कार्लोस अल्काराज तथा ग्रान्डस्लाम विजेता गार्बाइन मुजुरुजाले फेडेररको निर्णयले मुटु टुक्रिएको आशय व्यक्त गरेका छन्।

सेरेना विलियम्सले खेलाडी जीवनको अन्त्य गर्ने घोषणा गरेको एक महिनापछि नै फेडेररको यो घोषणाले एउटा युगको अन्त्य भएको प्रतीत भएको छ। यी दुई महान् खेलाडीमा केही भिन्नता भने पक्कै थियो। विलियम्सले बाल्यकालमा नै घरेलु भूमिमा थुप्रै दर्शकको अगाडि जितेर देखाउने योजना बुनेकी थिइन्। सन् २०१९ मा फेडेररले आफ्नो कुनै योजना नभएको बताएका छन्।

खेल जीवनको अन्त्यमा पनि फेडेररले अल इङ्गल्यान्ड टेनिस कोर्टमा रमाएको क्षणलाई सबै भन्दा स्वर्णिम भनेका छन्। त्यसो त उनले अन्य कोर्ट पनि आफ्ना लागि विशेष र प्रिय भएको प्रतिक्रिया दिइसकेका छन्।

सन् १९९८ देखि विम्बल्डनमा सहभागिता जनाउन सुरु गरेका फेडेररले यसै वर्ष चोटका कारण सहभागिता नजनाएका हुन्। यसै कारण उनले लेभर कपमार्फत् खेल जीवनको अन्त्यको घोषणा गरेका छन्। लेभर कपमा युरोपका ६ तथा युरोप बाहिरका ६ खेलाडीको सहभागिता हुनेछ।

२५ वर्षपछि उनी पहिलो पटक एटीपीको बरीयताबाट बाहिर पनि रहेका छन्। सन् १९९७ को सेप्टेम्बरमा पहिलो पटक उनी वरियतामा परेका हुन्। गएको ५२ साताको खेलको नतिजालाई आधार मान्दै वरियता तयार हुनेछ। उनी लामो समय चोटग्रस्त भएको तथा त्यस अवधिमा नखेलेका कारण अङ्क गुमाउँदै गएका हुन्।

उनी लगातार धेरै समय विश्व वरियताको शीर्ष स्थानमा रहेको कीर्तिमान यथावतै रहे पनि कुल साताको कीर्तिमान भने नोभाक जोकोभीकले भङ्ग गरिसकेका छन्। फेडेरर खेल जीवनका ३ सय १० साता शीर्ष वरियतामा रहेका छन्।

जुन समय फेडेरर, नाडाल र जोकोभीक सानै थिए। त्यस समयमा नै एउटा बहस चलेको थियो। सर्वकालीन उत्कृष्ट पुरुष खेलाडीका बारे चल्ने गरेका ती बहसमा जोन वर्ग, पिट सम्प्रास, जोन म्याकन्रो र जिम्मी कोनर्सको नाममा ती बहस हुन्थे। त्यसो त इभान लेन्डल या बोरिस बेकरमा फ्यान पनि संसारमा धेरै थिए। यो बहसको अन्त्य सायद हुने छैन। अहिले चलिरहेको यी तीन बिचको बहस पनि कहिल्यै सकिने छैन। यी तीनको प्रिय कोर्ट भने पक्कै टेनिसका पारखीलाई याद हुने नै कुरा भयो।

यस वर्षका दुईसहित नाडालले २२ ग्रान्डस्लाम जितेका छन्। यी २२ मध्य १४ ग्रान्डस्लाम त उनले फ्रेन्च ओपनमै जितेका छन्। यस कारण पनि उनी ‘क्ले कोर्टका बादशाह’ भएकोमा शङ्का व्यक्त हुँदैन।

इङ्गल्यान्डको घाँसे मैदान टेनिस हेर्नेहरूले पनि वर्षौँसम्म फेडेररलाई याद गरिरहने छन्। २१ ग्रान्डस्लाम जितेका जोकोभीक मेलबर्नको हार्ड कोर्टमा ९ पटक सफलता पाएका छन्।

टेनिसका मेजर उपाधिकै गणना गर्दा जोकोभिकले ६४, नाडालले ५९ तथा फेडेररले ५४ उपाधि हात पारेका छन्। सर्वकालीन उत्कृष्टको बहस कायम नै छ। सायद यी तीन मध्येका सबैभन्दा कान्छो खेलाडी जोकोभीक भएका कारण ग्रान्डस्लाममा उनले अन्य खेलाडीलाई पछि पार्ने छन्। तर, यसको मतलब यो होइन कि फेडेररको संन्यासपछि यी दुई खेलाडीका लागि जित सहज हुनेछ। पछिल्लो पुस्ताको चुनौतीको सामना त जोकोभीक र नाडालले गर्नु नै पर्ने छ।

फेडेरर अब एक पटक मात्र कोर्टमा देखिने छन्। तर, सन् २००० को दशकमा पुरुष टेनिसमा रहेको एउटा खाडलमा स्वीजरल्यान्डको युवाको उदयले यसलाई अझ रोमाञ्चक र आकर्षक बनाएको कुरामा शंका रहँदैन। स्रोतः डेली मेल, सीएनएन, बीबीसी, द विक

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ०१ बजे

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन : विश्व शान्तिमा थप योगदान गर्न नेपाल तयार छ

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू

काठमाडौं – राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री