आजको फलफूल र तरकारीको मूल्य कति ? « Khabarhub

आजको फलफूल र तरकारीको मूल्य कति ?


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको फलफूल तथा तरकारीको भाउ निर्धारण गरेको छ।

जसअनुसार आलु लगायत केही तरकारीको भाउ बढेको छ भने केहीको भाउ घटेको छ। आइतबार प्रतिकेजी ६१ रुपैयाँ रहेको रातो आलुको भाउ आज बढेर प्रतिकेजी ६७ रुपैयाँ पुगेको छ। मुडेको आलु प्रतिकेजी ५६ रुपैयाँ रहेकोमा आज बढेर ६५ रुपैयाँ ६७ पैसा, २७३ रुपैयाँ ३३ पैसा रहेको कागती बढेर २७६ रुपैयाँ ६७ पैसा पुगेको छ।

त्यस्तै, यसअघिको तुलनामा खुर्सानीको भाउ भने घटेको छ। यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको खुर्सानी आज घटेर ५५ रुपैयाँ कायम भएको हो। त्यस्तै, घिउ सिमी र घिरौँलाको भाउ पनि घटेको छ। यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको लोकल सिमी घटेर ७५ रुपैयाँ, हाइब्रीड सिमी १० रुपैयाँ घटेर ८५ रुपैयाँ र ८५ रुपैयाँ रहेको घिरौँला घटेर ७५ रुपैयाँ रहेको छ।

चुकुन्दर र च्याउको भाउ आज बढेको छ। यसअघि प्रतिकेजी ७५ रुपैयाँ रहेको चुकुन्दर आज बढेर ८५ रुपैयाँ र ३२५ रुपैयाँ रहेको डल्ले च्याउ आज बढेर ३७६ रुपैयाँ ६७ पैसा रहेको छ। यसअघि प्रतिकेजी ११० रुपैयाँ रहेको टाटे सिमीको भाउ घटेर आज ९५ रुपैयाँ कायम भएको छ भने ७५ रुपैयाँ रहेको परवर घटेर ५५ रुपैयाँ, ११५ रुपैयाँ रहेको हरियो प्याज ११० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ रहेकोमा आज घटेर ३२ रुपैयाँ ६७ पैसा रहेको छ।

यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको भटमासकोशा आज घटेर ७५ रुपैयाँ, यसअघि ४२ रुपैयाँ ३३ पैसा रहेको डल्लो भन्टा आज बढेर ४५ रुपैयाँ, ४५ रुपैयाँ रहेको भिण्डी आज बढेर ५५ रुपैयाँ, २१० रुपैयाँ रहेको भुईँकटहर २१० रुपैयाँ रहेकोमा आज बढेर २२० रुपैयाँ पुगेको छ।

सुकेको लसुनको भाउ पनि आज घटेको छ। यसअघि प्रतिकेजी २०५ रुपैयाँ रहेको लसुन आज घटेर आज १९५ रुपैयाँ, ३७ रुपैयाँ ६७ पैसा रहेको हाइब्रीड मूला ३५ रुपैयाँ रहेको छ भने यसअघि प्रतिकेजी २२६ रुपैयाँ ६७ पैसा रहेको हरियो धनियाँ आज घटेर १३३ रुपैयाँ ३३ पैसा रहेको छ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १० : ५० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक