प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री पोखरेल


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन्।

संविधान दिवस २०७९ का अवसरमा मुख्यमन्त्री पोखरेलले आज जारी गरेका शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले वित्तीय स्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइका कारण प्रदेश तहले चाहेजस्तो काम गर्न नसकेको अनुभूति भए पनि क्षमताअनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताएका हुन्।

सन्देशमा संविधानमा कतिपय अधिकार प्रदेशमा हस्तान्तरणमा ढिलाइ भइरहेको जनाउँदै उनले प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान भएको उल्लेख गरेका छन् । मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात् गरेको उल्लेख गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गरी दिगो विकासका लक्ष्य प्राप्तिका लागि तीन तहबीच समन्वय जरुरी रहेको उनको भनाइ छ। “संविधानसभा संविधान जारी भएको आजको यो दिन नेपाल र नेपालीका लागि ऐतिहासिक हो । लगातार सात दशकको सङ्घर्षबाट नेपाली नागरिकले आफ्नो संविधान लेखनमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाएको छ”, सन्देशमा भनिएको छ ।

संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्ताबेज भएको भन्दै उनले यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयनसँगै उनीहरूका आवश्यकताको सम्बोधनका लागि प्रयासरत रहनुपर्नेमा जोड दिएका छन्

नेपालको संविधानले मौलिक हकमार्फत प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन गर्दै आधारभूत आवश्यकतामा सबै नागरिकको पहुँच पुर्‍याउनका लागि संविधान दिवस २०७९ प्रेरणा दिने उनको विश्वास छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : ४८ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका