चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी « Khabarhub

चुनावको मुखमा इलामपछि झापाका नेकपा संयोजकले पनि छाडे पार्टी


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी झापा जिल्ला संयोजक राजु आचार्यले शनिबार पार्टी छाडेको घोषणा गरेका छन् ।

आचार्यले सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै नेकपा परित्याग गरेको घोषणा गरेका हुन् । ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु,’ उनले भनेका छन्,  ‘यो पार्टीसँगको २७ वर्ष लामो यात्रा आजैबाट अन्त्य भएको छ ।’

नेता आचार्यले पार्टीले प्रतिनिधिसभाको सदस्यका लागि टिकट गरेको टिक वितरणमा असन्तुष्टि जनाउँदै पार्टी छोडेका बताइएको छ।

आचार्यले अबका दिनमा स्वतन्त्र नागरिकका रुपमा सक्रिय रहने बताएका छन् । यसअघि गत पुस २४ गते नेकपा इलाम संयोजक एवम् केन्द्रीय सदस्य धीरेन्द्र शर्माले पनि पार्टी छाडेका थिए ।

लामो समयदेखि माओवादीमा सक्रिय रहेका शर्माले तीन दशक लामो संगठनात्मक आबद्धता अन्त्य भएको बताएका थिए ।

उनी इलामका स्थापित तथा प्रभावशाली नेता हुन् । कोशी प्रदेशसभा पूर्वसदस्य समेत रहेका शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक अभियानमा जोडिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ०५ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार