लामो समयदेखि बन्द रहेको हवाई सेवा सञ्चालनको तयारी « Khabarhub

लामो समयदेखि बन्द रहेको हवाई सेवा सञ्चालनको तयारी


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी-बैतडी-धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो । 

यही असोज ८ गते शनिबारदेखि नियमित रुपमा यहाँ उडान हुने समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । असोज ८ गतेदेखि शनिबार नियमित रुपमा उडान हुने भट्टको भनाइ छ । ‘दसैँ तिहारको बेला यात्रु नियमित चाप हुन्छ’, उनले भने, ‘असोज ८ गते शनिबार यहाँ फ्लाइट हुने जानकारी आएको छ, त्यसपछि नियमित रुपमा उडान हुन्छ ।’ यसअघि बिहीबार हुँदै आएको हवाइ सेवा असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिक रुपमा धनगढी-बैतडी-धनगढी उडान हुने समिट एयरले जनाएको छ ।

नियमित रुपमा यहाँ हवाई उडान हुने भएपछि यहाँ नागरिक खुसी भएका छन् । हवाई उडान नियमित हुँदा आकस्मिक रुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जान सहज हुने स्थानीय कपिल केसीले बताए । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा ८ घण्टा लाग्ने गर्दछ । यसअघि यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भए पनि अब नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।   

बैतडी-धनगढी हवाई भाडा अबदेखि रु पाँच हजार कायम गरिएको छ । यसअघि रु चार हजार छ सय रहेको थियो । गत चैतमा हवाई सेवा सञ्चालनमा रहेको बेला बैतडीदेखि धनगढीसम्मको हवाई भाडा रु चार हजार छ सय थियो । बैतडीबाट धनगढी १७ मिनेटमा पुगिन्छ ।  

हवाइ कम्पनीले तोकेको भाडा महँगो भएको यात्रुहरूको गुनासो गरेका छन् । १७ मिनेटमै पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीय भागरथी भट्टले बताइन्। पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम साताबाट पुनःसञ्चालनमा आएको हो । विसं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर विसं २०३५ देखि हवाई सेवा सुरु भएको थियो । पछि विसं २०५२ देखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : २६ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना