गौतम अडानी बने विश्वकै दोस्रो धनी, कति छ सम्पत्ति ? « Khabarhub

गौतम अडानी बने विश्वकै दोस्रो धनी, कति छ सम्पत्ति ?


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय धनाढ्य गौतम अडानी विश्वकै दोस्रो सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । यससँगै अमेजन कम्पनीका मालिक जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका छन् ।

ब्लुमबर्गको अर्बपति सूचांकमा अडानी द्रुत गतिमा माथि उक्लने क्रम जारी रहेसँगै बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब अडानी मात्रै छन् ।

पहिलोपटक कुनै पनि एसियाली व्यक्ति ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष दुईमा परेको यो नै पहिलोपटक हो । अडानीको कूल सम्पत्ति १४६ दशमलब ९ अर्ब डलर छ । उनी संसारकै सबैभन्दा धनाढ्य एलन मस्कभन्दा अझै धेरै पछाडि छन् । मस्कको कुल सम्पत्ति २६० अर्ब डलर छ ।

गौतम अडानी अडानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् । उनले सन् १९८८ मा अडानी समूहका स्थापना गरेका थिए । अडानी समूहले कोइला व्यापार, खानिज, तेल तथा ग्यास अन्वेषण, बिजुली उत्पादन र वितरणजस्ता क्षेत्रमा कारोबार सम्हाल्दै आएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ५ : ५० बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना