संविधान दिवसका अवसरमा २३ कैदीबन्दीलाई माफी « Khabarhub

संविधान दिवसका अवसरमा २३ कैदीबन्दीलाई माफी


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बागमती– संविधान दिवसका अवसरमा मकवानपुरमा रहेको भीमफेदी कारागारका २३ कैदीबन्दीलाई आजदेखि लागू हुनेगरि माफी दिइएको छ। सो दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका २३ जना कैदीलाई माफी दिएकी छिन् ।

कारागारमा ५० प्रतिशत र ४० प्रतिशत कैद भुक्तान गरी सकेका र असल आचरण भएका २३ जना कैदीबन्दीलाई माफी दिइएको भीमफेदी कारागारका शाखा अधिकृत मदन लामा थिङले बताए ।

तोकिएको कैद सजायमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका १६ जना र ४० प्रतिशत कैद भुक्तान गरिसकेका असल आचरण भएका नौ जना गरी २५ जनाको कारागारबाट सिफारिस भएकोमा २३ जना कैदी छुट्ने पत्र आएको उनले जानकारी दिए ।

त्यस्तै भीमफेदी कारागारका दुई जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा असल आचरण भएका र कैद भुक्तान पूरा हुन् केही समय बाँकी रहेका दुई जनालाई आम माफी दिनु भएकाले आजदेखि लागू हुनेगरि आम माफी दिइएको सो कारागारले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ५९ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना