कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार « Khabarhub

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

शेरधनसँग अजम्बर भिड्ने, केपीसँग रञ्जित


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी प्रदेशबाट पनि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको धमाधम टुंगो लगाइरहेको  ।

नेकपाले कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रका उम्मेदवार तय गरेको छ। नेकपा नेता हरिबोल गजुरेलले ती क्षेत्रका उम्मेदवारलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डले टिकट दिइसकेको बताए ।

गजुरेलका अनुसार झापा क्षेत्र नम्बर १ का लागि युवा नेता अशेष घिमिरेको नाम टुङ्ग्याइएको छ। उनी नेकपा एकीकृत समाजवादीमा हुँदा पोलिटब्युरो सदस्य थिए । यहाँ २०७९ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले जितेका थिए । उनले यस पटक नउठ्ने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको झापा निर्वाचन क्षेत्र नम्बर ५ का लागि युवा नेता रञ्जित तामाङलाई टिकट दिइएको छ । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र साह पनि उठ्ने तयारीमा छन् ।

नेकपाले भोजपुरको प्रतिनिधिसभाका लागि युवा नेता अजम्बर काङमाङ राईलाई टिकट दिएको छ। उनी टिकट लिएर भोजपुरमा खटिइसकेका छन् । भोजपुरमा उनको प्रतिस्पर्धा एमाले सचिव तथा कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई र नेपाली कांग्रेसका बालकृष्ण थापासँग हुने सम्भावना करिब पक्का छ।

ताप्लेजुङमा नेकपाले २०७० मा एमाले योगेश भट्टराईसँग पराजित खेलप्रसाद बुढाथोकीलाई टिकट दिएको छ। त्यहाँ एमाले अध्यक्ष ओलीले क्षितिज थेवेलाई टिकट दिने तयारी गरेका छन् ।

पाँचथरमा हर्कबहादुर नेम्वाङ (मिक्सो) लाई टिकट दिइएको छ । यहाँबाट एमालेका वसन्त नेम्वाङले २०७९ मा चुनाव जितेका थिए । उनी अहिले गम्भीर बिरामी रहेकाले एमालेले अरू कसैलाई अघि सार्न सक्छ ।

नेकपाले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा सूर्यप्रसाद भट्टराई ‘मनोज’ लाई टिकट दिएको छ।  उनी धरानका चर्चित वडाध्यक्ष हुन् । उनले अब धरानका मेयर हर्क साम्पाङसँग प्रतिस्पर्धा गर्नेछन् ।

मोरङ क्षेत्र नम्बर ४ मा अमनलाल मोदीले फेरि टिकट पाएका छन् । उता मोरङ ५ मा शिवकुमार मण्डल र मोरङ ३ मा डाक्टर देउमान सम्बाहाम्फेलाई टिकट दिने पक्का भएको छ। उनीहरूलाई संयोजक प्रचण्डले टिकट दिन बाँकी छ ।

यही माघ ६ गते प्रतिनिधिसभामा प्रत्यक्षतर्फको मनोनयन हुँदैछ । गत कात्तिक १९ गते घोषित नेकपामा अहिले २० दल गाभिएका छन् । नेकपाले यसअघि सुदूरपश्चिमबाट पनि उम्मेदवार तय गरिसकेको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ८ : ४५ बजे

करिव सात करोड लागत जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ– कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी

अपाङ्गता भएकालाई विपद पूर्वसूचनाबारे सिकाइँदै

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले अपाङ्गता (फरक क्षमता भएका) व्यक्तिहरुलाई विपद

हर्कराज राईले मागे प्रधानमन्त्री बालेनको राजीनामा

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

गण्डकी– हिमाल आरोहणको इतिहासमा आठ हजार मिटरभन्दा बढी उचाइको अन्नपूर्ण

विश्वकप लिग-२ : घरेलु मैदानको अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा